नेप्से परिसूचक ७१ अंकले घट्यो, बालेन नेतृत्वको सरकारलाई पत्याएन सेयर बजारले
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०८२ | १५:५९:०० मा प्रकाशित
काठमाडौं । नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ ।
आज बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बजारका सबै समूहगत सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१, सोलु हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य बढ्यो ।
युनिक नेपाल लघुवित्तको ६.१७, हिमाल दोलखाको ५.४५, अभियान लघुवित्तको ५.३९, माउन्टेन हाइड्रो नेपालको ५.३७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी छन् ।
जेनजी आन्दोलनको विषयलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ओली र लेखक प्रकाउ परेपछि सडकमा विरोध प्रदर्शन सुरू भएको छ। आन्दोलन सुरू भएपछि लगानीकर्ताहरू हतोत्साहित देखिएका हुन्। उनीहरू पर्ख र हेरको अवस्थामा छन्।
पछिल्लो समय धरपकड र आन्दोलन हुन थालेसँगै आइतबार बिक्री चाप बढेको कतिपय लगानीकर्ताकाे भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस