काठमाडाैं जिल्ला प्रशासनद्वारा चेतावनीसहित सभा, सम्मेलन गर्न राेक
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १४:५७:०० मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड बिपरित कार्य नगर्न/नगराउन चेतावनी दिएकाे छ ।
प्रशासन प्रशासनले अबदेखि निषेधाज्ञा तोडेर सभा, जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने जनाएकाे छ ।
प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ, वर्तमान अवस्थामा भएको सभा, सम्मेलन, गोष्ठी, जुलुस, र्याली जस्ता गतिविधिबाट संक्रमण बढेको पाइएको छ।’
यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने र सबैले सामाजिक दूरी कायम गर्ने,मास्क लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सूचनामार्फत पराजुलीले आग्रह गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस