काठमाडाैं जिल्ला प्रशासनद्वारा चेतावनीसहित सभा, सम्मेलन गर्न राेक
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १४:५७:०० मा प्रकाशित
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड बिपरित कार्य नगर्न/नगराउन चेतावनी दिएकाे छ ।
प्रशासन प्रशासनले अबदेखि निषेधाज्ञा तोडेर सभा, जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने जनाएकाे छ ।
प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ, वर्तमान अवस्थामा भएको सभा, सम्मेलन, गोष्ठी, जुलुस, र्याली जस्ता गतिविधिबाट संक्रमण बढेको पाइएको छ।’
यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने र सबैले सामाजिक दूरी कायम गर्ने,मास्क लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सूचनामार्फत पराजुलीले आग्रह गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस