काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी
- गाउँ सहर संवाददाता
- २५ भदौ बुधबार, २०८२ | २१:४९:०० मा प्रकाशित
काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)सम्म कर्फ्यू आदेश जारी गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।
सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६बजेसम्म कर्फ्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस