नेपालगञ्जमा दिनभरका लागि निषेधाज्ञा हट्यो
- गाउँ सहर संवाददाता
- १८ असोज बिहीबार, २०८० | १२:२७:०० मा प्रकाशित
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबार निषेधाज्ञा खुकुलो बनाइएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए। उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको थियो।
आज राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपील समेत गरेको छ।
बुधबार जिल्ला प्रसासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिश गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। बैठकले सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली आयोजना गर्नेसमेत निर्णय गरेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस