स्वास्थ्य
काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १४:००:०० मा प्रकाशित
काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक लगायतले २२ साउनदेखि दोस्रो डोज पाउने भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएर तीन साता पुरा भएकालाई दोस्रो डोज दिइने भएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका जेष्ठ नागरिकसहितलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।
खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोप दिइने सूचनामा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस