नेपालमा हालसम्म कति जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाए ?
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १३:३०:०० मा प्रकाशित
काठमाडाैं । देशकाे सिंङ्गाे जनसंख्याकाे लगभग आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन् ।
१ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल जनसंख्याको ५०.२ प्रतिशत हुन अाउँछ ।
१ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन् । जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हुन्छ ।
लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिकाे जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ ।
जसअनुसार १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन् भने अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ । तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन् ।
१८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन् । अथवा ५६.९ प्रतिशत मानिसहरूले खोपको पूरा डोज लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस