पूर्वाधार
काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान
- १२ जेठ बिहीबार, २०७९ | ०८:१३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने महानगरले स्पष्ट पारेको छ ।
दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस