गाउँ सहर
चीनले नेपाली सेनालाई दियाे तीन लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप
- २२ कार्तिक सोमबार, २०७८ | १२:५६:०० मा प्रकाशित

काठमाडाैं । चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् । सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।
प्राप्त प्रतिक्रिया
Surya Tamang Lopchan लेख्नुहुन्छ २२ कार्तिक, २०७८ १:२७ pm
लिने मात्र त होनी नेपाल ले पनि सट्टामा केहि दिन सके पो
प्रतिकृया दिनुहोस