प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई प्रशिक्षण
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | २१:१०:०० मा प्रकाशित
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले सदस्यहरुलाई अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण दिएको छ । पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए ।
गुरुङले नेपालमा व्यवसायिकता नभएका कारणले नै नेतृत्वमा असफलता देखिएको बताए ।नेतृत्व क्षमताका लागि आफूसँग हुनुपर्ने गुण, विषयको अध्ययनसँगै त्यसलाई प्रवाहकरण गर्ने क्षमता भएमा मात्रै सफलता हासिल हुने गुरुङले बताए ।
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेश खेलकुद परिषद सिमित स्रोतका वावजुद पनि प्रदेशको खेलकुद विकासका लागि निरन्तर अघि बढ्ने बताए ।
प्रदेश खेलकुद खेलकुद विकास, संरक्षण, सम्व्रद्धनका लागि “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरण” को अभियान साथ अघि बढेको बताउँदै सदस्य सचिव गुरुङले अब चाँडै नै उत्कृष्ट प्रशिक्षक उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिको हालै सम्पन्न बैठकले इन्द्र गुरुङलाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । भिजनरी इन्टरनेशनलका सिइओ समेत रहेका उनी नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका चेयरपर्सन हुन । गुरुङ प्रखेप गण्डकीको पहिलो सल्लाहकार बनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस