प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई प्रशिक्षण
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | २१:१०:०० मा प्रकाशित

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले सदस्यहरुलाई अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण दिएको छ । पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए ।
गुरुङले नेपालमा व्यवसायिकता नभएका कारणले नै नेतृत्वमा असफलता देखिएको बताए ।नेतृत्व क्षमताका लागि आफूसँग हुनुपर्ने गुण, विषयको अध्ययनसँगै त्यसलाई प्रवाहकरण गर्ने क्षमता भएमा मात्रै सफलता हासिल हुने गुरुङले बताए ।
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेश खेलकुद परिषद सिमित स्रोतका वावजुद पनि प्रदेशको खेलकुद विकासका लागि निरन्तर अघि बढ्ने बताए ।
प्रदेश खेलकुद खेलकुद विकास, संरक्षण, सम्व्रद्धनका लागि “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरण” को अभियान साथ अघि बढेको बताउँदै सदस्य सचिव गुरुङले अब चाँडै नै उत्कृष्ट प्रशिक्षक उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिको हालै सम्पन्न बैठकले इन्द्र गुरुङलाई सल्लाहकारमा मनोनयन समेत गरेको छ । भिजनरी इन्टरनेशनलका सिइओ समेत रहेका उनी नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका चेयरपर्सन हुन । गुरुङ प्रखेप गण्डकीको पहिलो सल्लाहकार बनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस