योजना सम्पादन गर्न प्रदेश खेलकुद परिषद गण्डकीले तोक्यो जिम्मेवारी
- गाउँ सहर संवाददाता
- ३ कार्तिक बुधबार, २०७८ | २०:२०:०० मा प्रकाशित

पोखरा । प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितिको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो ।
प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश र संघिय सरकार बाट विभिन्न योजनाहरुमा प्राप्त बजेट सँगै बजेट नभएका योजनाहरु समेतको कार्य सम्पादन गर्न प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।
प्रदेश खेलकुद परिषदले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङलाई यूवा स्वरोजगार कार्यक्रमको संयोजक तोकेको छ भने परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङलाई विभिन्न योजनाहरुको कार्यविधि, मापदण्ड निर्धारण र खेलाडी कल्याण कोष, कार्यकारी सदस्य ऋषीराम गौतमलाई आधारभूत खेल मैदानहरुको स्त्तरोन्नती तथा जिल्लाहरुमा पूर्वाधारहरुको लगत संकलन गर्ने जिम्मेवारी दिएको छ । त्यस्तै कार्यकारी सदस्य तारा माया थापा मगर लाई प्रदेशको प्राथमिकताका आधारमा खेलहरुको वर्गिकरण र पोखरा रंगशालामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न जिम्मेवारी दिइएको छ ।
बैठकले अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रंगशाला भित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाको लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिएको छ भने प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रतियोगिता सञ्चालनको लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै रेफ्री, स्वयसेवक प्रशिक्षण, खेलकुद शिक्षकहरुका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल रहेकी छन् भने ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम अन्तर्गत खगेन्द्र क्षेत्री संयोजक रहेका छन् । प्रदेश भित्र वाटर स्पोर्टसको अध्ययन अनुशन्धान, शाहसिक खेलकुदको प्रवद्र्धनका लागि बसन्तराज दवाडी, खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा पदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडी संगै पूर्व खेलाडीहरुको व्यक्तिगत र समुहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई सुम्पिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस