स्वास्थ्य

विश्वभर साढे १७ करोड ९६ लाख जना कोरोनामुक्त, १ कराेड ५१ लाखमा भाइरस सक्रिय, ९० हजार जना गम्भिर

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ४६ हजार जना काेराेनामुक्त भएका छन् भने ७ हजार ३४८ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ६६ हजार जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १७ करोड ९६ लाख १६ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ५१ लाख ५२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १९ करोड ९९ लाख ८ हजार नाघेको छ भने मृतकको संख्या ४२ लाख ४० हजार ३३१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार २२५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५७ लाख ६८ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख २९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ११ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९६ लाख ७३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा २१ हजार थपिएसँगै कुल ५४ लाख ६६ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ४२४ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २४ हजार ८०८ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४० हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १६ लाख ९५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ८ लाख ४९ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख २० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २० हजार संक्रमित भएका छन् भने ४४९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ५६ हजारभन्दा बढी छन् । हाल ७ लाख ३५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म १ कराेड ९९ लाख ३८ हजार जना संक्रमितमध्ये १ कराेड ८६ लाख ४५ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ९७ हजार ३७० जना पुगेका छन् भने ६ लाख ५६ हजार १९७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ८७५ पुगेको छ भने ३१ हजार २९८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत