अर्थतन्त्र

सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्याे, चाँदी स्थिर

काठमाडाैं । आइतबार सुननको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता