टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले बनाइन् राष्ट्रिय कीर्तिमान
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी हुन् ।
हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिएकी छन् । यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।
१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस