ओलम्पिक पाैडीमा एलेक्सले राष्ट्रिय कीर्तिमान राखेपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन्
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | १६:३६:०० मा प्रकाशित
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक २०२० मा पाैडीमा प्रतिस्पर्धा गर्न जापान पुगेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधारेका हुन् ।
मंगलबार नौ वटा हिट चरण छन् । यसबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउँनेछन् ।
हिट्-१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावना भने टुङ्गिएको छ ।
हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् । पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहको खेल भने बुधबार छ ।
यसअघि सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट आफ्नो सुरुआती चरणबाटै बाहिरिएका थिए । कल्पना भने राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । एथलेटिक्सबाट प्रतिस्पर्धा गर्न लगेकी सरस्वती चौधरीको खेल भने शुक्रबार छ । नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
प्रतिकृया दिनुहोस