ओलम्पिक पाैडीमा एलेक्सले राष्ट्रिय कीर्तिमान राखेपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन्
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक २०२० मा पाैडीमा प्रतिस्पर्धा गर्न जापान पुगेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधारेका हुन् ।
मंगलबार नौ वटा हिट चरण छन् । यसबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउँनेछन् ।
हिट्-१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावना भने टुङ्गिएको छ ।
हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् । पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहको खेल भने बुधबार छ ।
यसअघि सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट आफ्नो सुरुआती चरणबाटै बाहिरिएका थिए । कल्पना भने राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । एथलेटिक्सबाट प्रतिस्पर्धा गर्न लगेकी सरस्वती चौधरीको खेल भने शुक्रबार छ । नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस