खेल

पाैडी खेलमा गौरिकाले आफ्नै रेकर्ड ताेड्दै दिलाइन् नेपाललाई स्वर्ण

  • १९ मङ्सिर बिहीबार, २०७६ | १७:४७:०० मा प्रकाशित

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । 

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । 

गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् । 

नेपालले पौडीमा व्यक्तिगत स्पर्धामा सागमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । 

उनले आफ्नै रेकर्डमा सुधार गरेकी हुन्। यस अघि उनको २.०९.१९ मिनेटको रेकर्ड थियो। गौरिकाले बिहीबारको प्रतिस्पर्धामा ० दशमलव १३ मिलि सेकेन्ड समय सुधार गरेकी हुन्। 

तपाईँको मत