खेल

नयाँ राष्ट्रिय कीर्तिमानसहित पाैडी खेलमा गौरिका सिंहले दोस्रो स्वर्ण जितिन्

  • २० मङ्सिर शुक्रबार, २०७६ | १७:५८:०० मा प्रकाशित

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकाे पाैडी खेलमा गौरिका सिंहले दोस्रो स्वर्ण जितेकी छन् ।

शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गरिन् । यससँगै उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

यसअघि शुक्रबार नै हिट चरणमा २ मिनेट ३४.१६ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसअघिको रेकर्ड पनि उनकै नाममा थियो । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४१.२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।

 

तपाईँको मत