खेल
सागकाे पाैडीमा अहिलेसम्म गाैरीकाले तीन स्वर्ण जितिन्
- २२ मङ्सिर आइतबार, २०७६ | १७:०८:०० मा प्रकाशित

काठमाडौं । १३ साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले एकै संस्करणको सागमा तीन स्वर्ण जितेकी छिन् ।
आइतवार गौरिकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् ।
उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् । यससँगै जारी सागमा स्वर्ण संख्या ४५ पुगेको छ ।
प्रतिकृया दिनुहोस