अर्थतन्त्र

सामान्य अंकले घट्याे शेयरबजार, सात कम्पनीको उच्च मूल्यमा काराेबार

काठमाडौं । साताको दोस्रो शेयरबजारमा सामान्य गिरावट देखिएकाे छ । यो दिनको कारोबारमा नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा पुगेको छ ।

यो दिन ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा कारोबार भएको छ ।

११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन यी सात कम्पनीहरू घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, विशाल बजार, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता एनआईसी एशियाको ऋणपत्रको मूल्य भने यस दिन सर्वाधिक ७.२२ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता