शिक्षा

भारतीय विश्वविद्यालयमा छात्रवृत्ति र अवसरबारे जानकारी गराउँदै कृष्णा फाउन्डेशन

काठमाडाैँ । भारतका उत्कृष्ट  विश्वविद्यालय, कलेज र इष्टिच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्धेश्यले जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले विद्यार्थीहरूलाई मेरीटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृत्तिको बारेमा जानकारी गराइरहेको छ ।

कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टिच्यूटमा आफैँ गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरू अनुभव र छात्रवृत्तिका बारेमा जानकारी प्राप्त गरी विद्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउँदै आएको संस्थाका डाइरेक्टर सन्तोष कुमार चौधरीले जानकारी गराए ।

हाल शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा कृष्णा फाउन्डेशनले यो स्कलरसिप इन इन्डियन युनिभर्सिटीज् प्रेस मिट एण्ड इन्फर्मेसन सेसनको आयोजना गरेको हो ।

भारतीय दूतावास काठमाडौंले प्रत्येक वर्ष मेधावी र मेहनती विद्यार्थीहरूलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा पढ्नको लागि पूर्ण छात्रवृत्ति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्दै गर्दै आएको छ । अगस्ट चार तारिख सम्म आवेदन दिने अन्तिम मिति रहेको यस छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम BE ENGINEERING, PHARMACY, AGRICULTURE, FOOD TECHNOLOGY र B.Sc. NURSING का लागि शैक्षिक सत्र २०२१-२२ का लागि विद्यार्थीहरूले आवेदन दिने व्यवस्था गरिएको छ ।

"कृष्णा फाउन्डेशनले कम्पेक्स स्कलरसिपको फर्म भर्नका लागि विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्धेश्यले अनलाइन काउन्सिलिङ टीम मार्फत सहयोग गर्दै आएको छ भने आफ्नै कार्यालयमा पनि विद्यार्थी र अभिभावक आएर फारम भर्न सक्नेछन् ।" संस्थाका एड्मिसन मेनेजर सुभाष केशब कोइरालाले जानकारी गराए । यस वर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्प्युटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने भएको छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै वर्गका विद्यार्थीले यो स्कलरसिप टेस्ट दिन मिल्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ । कक्षा १२ मा ६०% प्राप्ताङ्क ल्याएका विद्यार्थीहरूले यो छात्रवृत्ति दाबी गर्न सक्ने छन् । छात्रवृत्ति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दूतावासको वेबसाइटमा राखिएको छ ।

कम्पेक्स स्कलरसिप प्रदान गर्ने भारतका उत्कृष्ट विश्वविद्यालय अन्तर्गत सिम्बोसीस इन्टरनेसनल युनिभर्सिटी, एम एस रमैया इष्टिच्यूट अफ टेक्नोलोजी युनिभर्सिटी, भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी युनिभर्सिटी, जैन युनिभर्सिटी, यस आर एम युनिभर्सिटी, लभ्ली प्रोफेशनल युनिभर्सिटी, शिक्षा औ' अनुसन्धान युनिभर्सिटी र भिग्नान्स् युनिभर्सिटी र के एल युनिभर्सिटी नेपालमा प्रवर्द्धन गरेको कृष्णा फाउन्डेशनका इन्टरनेसनल रिलेसन्स् डाइरेक्टर सुजित कर्णले पत्रकार सम्मेलनमा जानकारी गराए ।

कम्पेक्स स्कलरसिप तथा अन्य थुप्रै छात्रवृत्तिको बारेमा जानकारी गराउँदै आएको कृष्णा फाउन्डेशन विद्यार्थी र अभिभावकको विश्वासनीय परामर्श केन्द्रको रूपमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत