सावित्राकाे २ गोलमा नेपालद्वारा भारत पराजित
- गाउँ सहर संवाददाता
- १० कार्तिक सोमबार, २०८२ | १७:५१:०० मा प्रकाशित
काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतलाई २-१ ले हराएको छ। नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्। भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन्।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन्। नेपालले ६३ औं मिनेटमा करिब २५ यार्ड टाढाबाट साम्बाले हानेको फ्रि-किक प्रहार आकर्षक गोलमा परिणत भयो। नेपालकी गोल मसिन साम्बा यो ६६ औं अन्तर्राष्ट्रिय गोल हो। नेपाल २-० को स्पष्ट अग्रता बनाउन सफल रहयो।
७९ औं मिनेटमा रेखा पौडेललाई रिप्लेस गर्दै मिना देउवाले राष्ट्रिय टोलीबाट डेब्यु गरिन्। यता ८१ औं मिनेटमा भारतले एक गोल फर्कायो। फ्रि लिकमा आएको बलमा करिश्माले गोल गरिन्।
खेल २-१ को रोमाञ्चक मोडमा पुग्यो। त्यसपछि थप गोल भएन्। नेपाल २-१ को जित हात पान सफल रहयो। नेपालले भारतलाई हराएको यो चौथो पटक हो।
इरान लगातारको दोस्रो जितमा च्याम्पियन बनिसक्दा यो नतिजामा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अन्त्य सुखद गरेको छ।
घरेलु टोली भारत भने दुवै खेलमा पराजित हुन पुग्यो। इरान र भारत दुवै एएफसी महिला एसियन कप छनोट भएका टोली हुन्।
भारतविरुद्ध आजको खेलका लागि आज प्रशिक्षक नविन न्यौपानेले टोलीमा ३ परिवर्तन गरेका थिए। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिराकुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाएका थिए।
यसअघि इरानले नेपाललाई ३-० र भारतलाई २-० ले हराएको थियो। अब नेपालले सिकिममा भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस