नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्तामा तीनबुँदे संयुक्त घोषणा
- गाउँ सहर संवाददाता
- २४ जेठ आइतबार, २०८३ | ०६:२४:०० मा प्रकाशित
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । खनाल एस. जयशंकरको निमन्त्रणामा यति बेला भारतको औपचारिक भ्रमणमा छन् ।
दुई मन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको सबै आयाममा व्यापक छलफल गरेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, छलफलमा व्यापार र आर्थिक सहयोग, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत जनता–जनता सम्बन्धको प्रवर्द्धनजस्ता विषय समेटिएको थियो ।
दुवै पक्षले दुई छिमेकी देशबीचको दिगो साझेदारीलाई सुदृढ पार्ने प्रतिबद्धतालाई पुनः दोहोर्याएका थिए ।
दुई मन्त्रीले बहुपक्षीय मञ्चहरूमा हुने सहयोगसहित पारस्परिक चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा पनि छलफल गरे ।
“दुई पक्ष विकास साझेदारी, वृद्धि गरिएको सम्पर्क र पारस्परिक लाभका प्राथमिकताका क्षेत्रहरूमा बलियो साझेदारीमार्फत द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र फराकिलो बनाउन सहमत भए,” दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई मन्त्रीहरूले बैठकका क्रममा तीनबुँदे संयुक्त घोषणा गरेका छन् ।
संयुक्त घोषणा
१. जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत ए२ए क्रस बोर्डर भुक्तानी लेनदेनको सञ्चालन ।
२. भारतको विकास सहयोगमा निर्मित नेपालमा भूकम्पपछिको ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण परियोजनाहरू हस्तान्तरण ।
३. ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता केन्द्र र डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान ।
यसअघि, भारतीय विदेशमन्त्री जयशंकरले भेटमा विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेष गरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्यापासिटी बिल्डिङ, डिजिटल, संस्कृति र खेलकुदलगायत नेपाल–भारत साझेदारीका बारेमा विस्तृत छलफल भएको बताएका थिए ।
मन्त्री खनाल आइतबार (जेठ २४) स्वदेश फर्कने कार्यक्रम छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस