अर्थतन्त्र
बुधबार सुन र चाँदी दुबैको भाउ घट्यो
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०७८ | १३:४२:०० मा प्रकाशित
काठमाडाैं । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, बुधबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस