कोरोनाबाट थप २५ जनाको मृत्यु, संक्रमितमध्ये ५९२ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ५ श्रावण मंगलबार, २०७८ | १६:५४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार १३५ को परीक्षण हुँदा ३ हजार १०८ संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५९२ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ५९५ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।
अहिलेसम्मका कुल संक्रमित ६ लाख ७० हजार ९५३ पिसिआर परीक्षणबाट र एन्टिजेन परीक्षणबाट ५० हजार ६६४ पत्ता लागेका हुन् ।
आजसम्म ३४ लाख ८६ हजार ३५४ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ७० हजार ९६१ को परीक्षण भएको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३२६ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ८३४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ५८५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख ५८ हजार ३१७१३० पुगेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस