गाउँमा कोरोना बढ्याे, थप २० जनाको मृत्यु, थपिए १ हजार ८३१, निको भए १ हजार ५३३
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३८२ को मृत्यु भएको छ । कुल संक्रमित ६ लाख ९९ हजार ८८ पुगेका छन् भने निको हुने ६ लाख १९ हजार ८९४ छन् ।
पछिल्लो २४ घण्टामा मात्र २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१८ को परीक्षण हुँदा १ हजार ८३४ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५३३ सघनमा र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ५३३ छ ।
आजसम्म ३४ लाख १५ हजार ४७५ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ३४ हजार ७७७ को परीक्षण गरिएकाे छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०४ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ४७१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७०२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ ।
पछिल्लो समय निषेधाज्ञा खुलेसंगै कोभिड परीक्षण घटेको छ भने संक्रमणको दर दैनिक वृद्धि हुँदै गएको छ । तर मृत्यु भने घटेको छ । अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ ।
गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस