गाउँमा कोरोना बढ्याे, थप २० जनाको मृत्यु, थपिए १ हजार ८३१, निको भए १ हजार ५३३
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३८२ को मृत्यु भएको छ । कुल संक्रमित ६ लाख ९९ हजार ८८ पुगेका छन् भने निको हुने ६ लाख १९ हजार ८९४ छन् ।
पछिल्लो २४ घण्टामा मात्र २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१८ को परीक्षण हुँदा १ हजार ८३४ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५३३ सघनमा र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ५३३ छ ।
आजसम्म ३४ लाख १५ हजार ४७५ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ३४ हजार ७७७ को परीक्षण गरिएकाे छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०४ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ४७१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७०२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ ।
पछिल्लो समय निषेधाज्ञा खुलेसंगै कोभिड परीक्षण घटेको छ भने संक्रमणको दर दैनिक वृद्धि हुँदै गएको छ । तर मृत्यु भने घटेको छ । अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ ।
गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस