लगातार घटिरहेको शेयरमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि सुधार
- गाउँ सहर संवाददाता
- २४ असार बिहीबार, २०७८ | १५:२७:०० मा प्रकाशित
काठमाडाैं । लगातार घटिरहेको शेयरमा बिहीबार दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेकाे छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ । साताका ४ कारोबार दिनमा ४२.४७ अंक गुमाएको नेप्से यस दिन २३.७६ अंक माथि उक्लिएको हो ।
यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन २१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन नेपाल बैंकको सबैभन्दा धेरै २१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । गुहेश्वरी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ६.११ प्रतिशत बढ्दा जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, मल्टीपपर्स फाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस