खेल

युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन प्रतिस्पर्धा गर्दै

काठमाडाैं । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराएको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।

गाउँ सहर संवाददाता