निर्वाचन आयोगद्वारा मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक, कांग्रेस किन रिसायाे ?
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडाैँ । निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुई चरणको निर्वाचन कार्यक्रममा उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका बुँदा समेटिएका छन् ।
आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय दिएको छ ।
दुवै निर्वाचन प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते नै शुरू गरिने आयोगको कार्यक्रममा उल्लेख छ ।
मन्त्रिपरिषद्को सिफारिसमा गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते पहिलो चरणको र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।
निर्वाचन कार्यक्रम सार्वजनिक गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रिसाएकाे छ । उसले सर्वोच्च अदालतको फैसलाको पूर्वसन्ध्यामा सरकारलाई मद्दत पुर्याउने खालको काम उचित नभएकाे भन्दै यसले आयोग सरकारको प्रभावमा बढ्न चाहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस