गत २४ घण्टामा काेराेनाका कारण २३ जनाकाे मृत्यु, निकाे हुनेकाे प्रतिशत ९४.६, सघनमा ५७१ र भेन्टिलेटरमा १८० जनाकाे उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १८:५१:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा गत २४ घण्टामा २ हजार ६२२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख ४६ हजार ३६७ पुगेकाे छ भने मृत्यु हुनेको सङ्ख्या ९ हजार २४८ पुगेकाे छ । केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या घटेको छ । तर परीक्षण पनि घटाइएको छ । यस्तै निकाे हुनेकाे संख्या ६ लाख ११ हजार १२९ छ । निकाे हुनेकाे प्रतिशत ९४.६ छ ।
पछिल्लो २४ घण्टामा लगभग ७५०० को पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको जनाइएको छ । नेपालमा सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने ६० प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ । हाल २२,९९८ जना घरमै आइसोलेशनमा रहेका र २,६९२ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा रहनेकाे संख्या २१७ रहेकाे छ ।
त्यसैगरी सघन उपचार कक्षमा ५७१ जना र भेन्टिलेटरमा १८० जना रहेको तथ्याङ्क मन्त्रालयसँग छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस