गत २४ घण्टामा काेराेनाका कारण २३ जनाकाे मृत्यु, निकाे हुनेकाे प्रतिशत ९४.६, सघनमा ५७१ र भेन्टिलेटरमा १८० जनाकाे उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा गत २४ घण्टामा २ हजार ६२२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख ४६ हजार ३६७ पुगेकाे छ भने मृत्यु हुनेको सङ्ख्या ९ हजार २४८ पुगेकाे छ । केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या घटेको छ । तर परीक्षण पनि घटाइएको छ । यस्तै निकाे हुनेकाे संख्या ६ लाख ११ हजार १२९ छ । निकाे हुनेकाे प्रतिशत ९४.६ छ ।
.jpg)
पछिल्लो २४ घण्टामा लगभग ७५०० को पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको जनाइएको छ । नेपालमा सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने ६० प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ । हाल २२,९९८ जना घरमै आइसोलेशनमा रहेका र २,६९२ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा रहनेकाे संख्या २१७ रहेकाे छ ।
त्यसैगरी सघन उपचार कक्षमा ५७१ जना र भेन्टिलेटरमा १८० जना रहेको तथ्याङ्क मन्त्रालयसँग छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस