नेपाल कम्युनिष्ट पार्टीद्वारा घिमिरेको निधनमा शाेक व्यक्त
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | १३:४६:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य र पार्टीका सिन्धुली जिल्ला अध्यक्ष कमल घिमिरेको हिजो असार ११ गते साँझ दुःखद निधन भएको खबरले पार्टी स्तब्ध र शोकाकुल रहेकाे साे पार्टीले जनाएकाे छ ।
संयोजक ऋषिराम कट्टेलद्वारा जारी शाेक वक्तव्यमा भनिएकाे छ, "यस दुःखद घडीमा देहावसान भएका कमरेड कमल घिमिरेप्रति पार्टीको केन्द्रीय समिति तथा यसका जनवर्गीय संगठनहरुको तर्फबाट उच्च सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । उहाँको शोकाकुल परिवारजन, आफन्त र इस्टमित्र सबैमा गहिरो समवेदना प्रकट गर्दछु ।"
"कमरेड पुष्पलालका एक सच्चा अनुयायी कमरेड कमल घिमिरे देश श्रमजीवी जनताप्रति शतत् समर्पित, निष्ठबान, अनुशासित र क्रान्तिकारी कम्युनिष्ट योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले देशले एक असल क्रान्तिकारी कम्युनिष्ट योद्धा गुमाएको छ भने हाम्रो पार्टीलाई अपुरणीय क्षति भएको छ । यस दुःखद घडीमा शोकलाई शक्तिमा बदल्दै पार्टीलाई कमरेड पुष्पलालको विचारको वरिपरी अझ सुदृढरुपमा केन्द्रित गर्दै देशबाट सामन्ती दलाल नोकरशाही पूँजीवादी सत्ताको अन्त्य र नयाँ जनवादी गणन्त्रको स्थापना गर्न र देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध गर्न सकेमा मात्र कमरेड कमल घिमिरेप्रति सच्चा श्रद्धाञ्जली हुने कुरा औंल्याउन चाहन्छ ।" थप भनिएकाे छ ।
घिमिरेको सम्मानमा पार्टीको झण्डालाई आधा झुकाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ र शोक सन्तप्त सबैप्रति पुनः एक पटक समवेदना प्रकट गरिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस