राजनीति

मुख्यमन्त्री गुरुङद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको शुभकामना

पोखरा । नेकपा गण्डकी इन्चार्ज एबम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको शुभकामना ब्यक्त गरेका छन्  । 

गुरुङले एक प्रेस विज्ञप्ति मार्फत आजको दिन नेपालको कम्युनिष्ट आन्दोलन एवं नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको लागि विशेष दिन भएको र आजकै दिन विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड लेनिनको जन्मदिन पारेर २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले पुष्पलाल लगायत नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याइपु-याउन योगदान गर्नुहुने सबै अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । राष्ट्रिय स्वाधिनता तथा लोकतन्त्र प्राप्तिका निम्ति सञ्चालित विभिन्न शान्तिपूर्ण जन–आन्दोलन, सशस्त्र संघर्ष लगायत न्याय, समानता एवं स्वतन्त्रताको निमित्त भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा वेपत्ता एवं घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु । नेपालको कम्युनिष्ट आन्दोलनलाई निरन्तर साथ, समर्थन र ऐक्यवद्धता प्रकट गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु, विज्ञप्तिमा भनेका छन्  ।

विज्ञप्तिमा देशका दुई ठूला कप्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको छ । हामीलाई नेपाली सर्वहारा श्रमजीवी जनताको पूर्ण साथ समर्थन प्राप्त त भएकै छ, विश्व सर्वहारा श्रमजीवी जनताको मुक्ति आन्दोलनले समेत आशा र भरोशाको केन्द्रको रुपमा हेरिरहेको छ । यो हाम्रो लागि एउटा महान अवसर र गौरवको विषय पनि हो । यस सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्दछ । तसर्थ, यतिबेला पार्टीलार्ई वैचारिक, सैद्धान्तिक, सांगठनिक एवं भावनात्मकरुपमा अझै एकतावद्ध र सुदृढ वनाउनु हामी सबैको मुख्य कार्यभार हो  भनिएको छ  ।

जारी विज्ञप्तिमा सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी यस नयाँ जनवादी राज्य व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई एक्काइसौँ शताव्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्नका लागि बलियो आधार तयार पार्ने यस अभियानमा विजय प्राप्त गर्न पार्टीलाई अभेध्य एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैर्यताका साथ लाग्न यस दिनले हामी सबैलाई थप प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु  । यतिबेला हामी विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोरोना भाइरस रोग (कोभिड–१९) का विरुद्धमा लडिरहेका छौँ । यस रोगका विरुद्धमा एकतावद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्दछु गुरुङ्ले भनेका छन् ।   

 

गाउँ सहर संवाददाता

तपाईँको मत