काठमाडौं उपत्यकामा थपिएकाे निषेधाज्ञामा पसल खाेल्न रूटिन लागू, अरू के गर्न पाइने/नपाइने (सूचनासहित)
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | १९:३२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिनेछ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म खोल्न सकिनेछ । निर्माण जन्य सामग्रीको पसल हाडवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेटिङ्ग, पसलहरु दैनिक विहान ११ बजे देखि वेलुका ६ बजे सम्म खोल्न पाइने भएको छ ।
काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित ढुवानीका लागि प्रयोग हुने सवारी साधन बेलुका ९ बजे देखि विहान ५ बजे सम्म चल्न पाउने छन् । टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ । बैंक, वित्तिय, सहकारी संस्थाहरु सिमित कर्मचारी राखेर दैनिक सञ्चालन गर्न पाइनेछ ।
सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शुक्रबार विहान ११ बजे देखि दिउँसो ४ बजे सम्मामात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सुन पसल, अटोमोबाइल शोरुम, अटोमोबाइल पाटर्स, मोवाइल कम्प्यूटर, ईलेक्ट्रिनिक्स तथा सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र विहिबार विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म मात्र खोल्न सकिनेछ ।
सवारी साधन मर्मत सम्बन्धी वर्कसप पसल दैनिक बेलुकी ७ बजेम्म सञ्चालन गर्न सकिनेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । जनस्वास्थ्यका मापदण्डपालना नगरि व्यापार व्यावसाय चलाए कानुन बमोजिम दण्ड जरिवाना हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस