कोरोनाभाइरसका कारण थप ४४ जनाको निधन, निको भए ४ हजार २०, थपिए २ हजार ७६८
- गाउँ सहर संवाददाता
- ४ असार शुक्रबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ६४१ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १३ हजार ३७ को परीक्षण गरिएकोमा २ हजार ७६८ नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २० जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । निको हुनेको प्रतिशत ८९ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ८७२ को आइसियूमा र २४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५५ हजार ३७५ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार २४९ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४८९ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
काठमाडौँमा ७ हजार १३५, भक्तपुरमा २ हजार ३०८ र ललितपुरमा ३ हजार ७१ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३२ लाख ५५ हजार ५७९ र एन्टिजेन परीक्षण १ लाख ३३ हजार ६२७ को गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस