शेयरबजारका कुरा : काराेबार रकम ह्वात्तै घट्याे, नेप्से अंक स्थिर, लगानीकर्ता सुस्ताए
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | १५:२६:०० मा प्रकाशित
काठमाडौं । साताकाे अन्तिम दिन शेयर काराेबार रकममा ह्वात्तै गिरावट आएकाे छ भने नेप्से अंक स्थिरजस्तै छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा जोखिम रहेको बताएको पहिलाे दिन ५२ अंकले घटेकाेमा दोस्रो दिन बिहिबार कारोवार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ हजार ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत ०.५३ अंकले घटेर ५४१.१२ मा सिमित भएको छ ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ ।
कूल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ मा खरिद बिक्री भए । हिजो बुधबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।
कारोवार भएका मध्ये ९६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८१ कम्पनीको भने बढेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार बराबरको कारोवार भयो ।
नेप्से बढेर उच्च विन्दुमा रहेकाे र नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा जोखिम रहेको बताएपछि लगानीकर्ता सुस्ताएकाे देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस