संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने : पूर्वमन्त्री गिरी
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १५:२७:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री दिलनाथ गिरीले विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताएका छन् ।
सरकार, प्रतिपक्ष र राष्ट्रपति समेतको भूमिकाबाट संविधान संकटग्रस्त भएको भन्दै राप्रपा नेता गिरीले संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र नेत्रविक्रम चन्द पक्षधर समेतको सर्वपक्षीय गोलमेच सम्मेलन प्रस्ताव गरेका छन् ।
‘ठूलो धनजनको क्षति गरेर संविधानको विकल्प खोज्नु भन्दा संवैधानिक राजसंस्था सहितको हिन्दुराष्ट्र र यो संविधानसँग विमति राख्ने नेत्रविक्रम चन्द समेतको सर्वपक्षीय गोलमेच सम्मेलनबाट यो समस्याको समाधान खोजौं । नेपाल र नेपालीको यसैमा कल्याण हुनेछ भन्ने आमधारणा रहेको बुझिन्छ,’ राप्रपाका कार्यसम्पादन सदस्य गिरीले वुधबार भने ।
संविधानमा भएको व्यवस्थालाई सरकार, प्रतिपक्ष र राष्ट्रपतिले समेत पालना नगरेको कारणबाट गम्भीर समस्या उत्पन्न भएको छ । कामै गर्न नसक्ने अवस्थामा संविधान थला परेको उनको भनाइ छ ।
‘नेपालको संविधान २०७२ को भावना र मर्मलाई सरकार र प्रतिपक्षले नबुझेको हो वा बुझ पचाएको ? प्रक्रिया नै पुरा नगरी संविधान विघटन गर्न मिल्दैन अर्थात् धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको पद रिक्त भएपछि मात्र प्रक्रिया अगाडि बढ्न सक्छ भन्ने संविधानविद्हरूको ठहर छ,’ गिरीले सामाजिक संजालमा आफ्नो धारणा राख्दै भने ।
‘संविधानअनुसार धारा ७६ को उपधारा ४ प्रयोग नै भएको छैन । यदि उपधारा ५ प्रयोग गर्नुभन्दा अगाडि प्रधानमंन्त्रीले उपधारा ४ अनुसार संसदको विश्वास लिनैपर्छ, नत्र प्रधानमन्त्रीले पदबाट राजीनामा गरी उपधारा ५ अनुसाको सरकार बनाउन मार्ग प्रसस्त गर्नुपर्छ,’ उनले भने ।
‘अनिमात्र उपधारा ५ अनुसार प्रधानमन्त्रीबाहेक संसदमा उपस्थित दलहरूका कुनै पनि सदस्यले आधारसहित प्रधानमन्त्री हुनको निमित्त आफ्नो हकदाबी राष्ट्रपतिसमक्ष पेश गर्न सक्ने संविधानमा व्यवस्था भएको कुरा संविधानविद्को धारणा रहेको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस