नयाँ स्वास्थ्यमन्त्री तामाङकाे प्रतिवद्धताहरू, असम्भव भने छैनन्
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | २१:४२:०० मा प्रकाशित
काठमाडाैँ । शालिन शैलीमा नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले साेमबार मन्त्रालयमा भर्चुअल प्रेस मिट राखे । प्रष्टसँग पत्रकारहरूकाे तथा सराेकारवालाहरूकाे प्रश्नकाे उत्तर पनि दिए । उनले साे समय केही प्रतिवद्धताहरू पनि गरे ।
मन्त्री तामाङले "कोरोनाभाइरस कहरबाट देशलाई मुक्त गर्नु" आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।
उनले कोरोनाभाइरस कहरबाट देशलाई मुक्ति, परीक्षणको दायरा बढाउने, पहिलो मात्रा लगाएकाले चाँडै खोप पाउने, बालबालिकाको उपचारका लागि तयारी, उपचार खर्चको अनुगमन गर्ने, कोभिड नियन्त्रणमा सरकारका विभिन्न निकायबीच देखिएको समन्वयको अभावलाई अन्त्य गर्ने बताएका छन् ।
मन्त्री तामाङले मन्त्रालयको गतिविधिलाई पारदर्शी बनाउने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्ने, दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री पुर्याउने र स्वदेशमै नेपालीहरूले सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने बनाउन आफूले काम गर्ने थप प्रतिबद्धताहरू व्यक्त गरेका छन् ।
कोरोनाले थिलिएको समयमा नवनियुक्त स्वास्थ्य मन्त्रीको भनाई र गराइलाइ सर्वसाधारणले गहिरो चासोका साथ हेरेका छन् । आजै मन्त्रालयले सर्वसाधारणमा जारी सूचना र अस्पतालले कोरोना उपचारमा लिनसक्ने रकमको बारेमा शुल्क निर्धारण गर्नुलाइ मन्त्री तामाङको इन्ट्रीले सुरूवाती लक्षण राम्रै देखाएको पनि बताएका छन् । तर यतिमा मात्र सीमित नरहेर गरेका प्रतिवद्धताहरू पूरा हुन्छन् वा हुन्नन्, त्यो समयले बताउला । तर भन्नैपर्छ उनका प्रतिवद्धताहरू असम्भव भने छैनन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस