स्वास्थ्य

काेराेना अपडेटः थप ६९५१ जना संक्रमणमुक्त, ४४७२ जनामा संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९९० पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जरूरी सूचना

गाउँ सहर संवाददाता