काठमाडाैँलगायत देशका विभिन्न ठाउँमा गड्याङ्गगुडुङ्गसहित वर्षा
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १५:५७:०० मा प्रकाशित
काठमाडाैँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव परेकाे कारण काठमाडाैँलगायत देशका विभिन्न स्थानमा गड्याङ्गगुडुङ्गसहित वर्षा भइरहेकाे छ ।
जल तथा माैसम विभागले पनि यहि अनुमान गरेकाे थियाे ।
देशका अधिकांश भू-भागमा सामान्य बदली रहेकाे छ । देशभर केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेकाे छ ।
यस्तै राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेकाे र प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का सम्भावना रहेको विभागले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस