कोरोनाभाइरसको सक्रिय संक्रमण १ लाख ४ हजार ७८९ मा, थप ६८ जनाको मृत्यु, निकाे हुने ८०.२ प्रतिशत
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १७:०९:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ७ हजार ४५४ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २० हजार १६५ को परीक्षण गरिएकोमा ६ हजार ८५ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । निको हुने दर ८०.२ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ७२५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ४९१ को आइसियूमा र ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ९७ हजार ७०४ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ८५ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्ष ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । तर पहिलेको भन्दा अवस्था सुधार हुँदै गएको मन्त्रालयको भनाइ छ ।
देशभर आजसम्म ३० लाख ७४ हजार ५७१ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस