सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | ०८:५०:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोभन्दै परेको रिटमा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।
आजदेखि १९ रिटमा सुनुवाइ हुने र शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन्।
पूर्व प्रधानमनत्री द्वय नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा अर्का पूर्व प्रधामन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा रिट लिएर सर्वोच्च पुगेका थिए ।
देउवालाई १४९ सांसदले प्रधानमन्त्रीका लागि समर्थन गरे पनि दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा सोही दिन प्रतिनिधि सभा विघटन गरेकी थिइन् । राष्ट्रपतिको सोही कदमपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए । विपक्षी गठबन्धन राजनीतिक र कानुनी लडाइँ सँगसँगै लड्नेभन्दै अगाडि बढेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस