विपक्षीको बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- गाउँ सहर संवाददाता
- १ जेठ शुक्रबार, २०८३ | ०७:२२:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभाबाट सरकारको आर्थिक वर्ष २०८३/८४ कोनीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच बिहीबार साँझ सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो।
अर्थमन्त्रीले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए भने एमाले लगायत ४ वटा विपक्षी दलले बैठक नै बहिस्कार गरेका थिए । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित नै नभई कार्यक्रम पारित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरेका थिए।
तर, सहमति हुन नसकेपछि प्रतिपक्षी दलहरुको अवरोध र बहिष्कारबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन समय दिएका थिए।
त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध जारी राखेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस