विपक्षीकाे नाराबाजीमै बेल घेराउबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त विधेयक पारित
- गाउँ सहर संवाददाता
- ७ जेठ बिहीबार, २०८३ | १८:४३:०० मा प्रकाशित
काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोध र बेल घेराउबीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ।
प्रतिनिधिसभा बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका सांसदहरूले सरकारको कार्यशैली र प्रधानमन्त्रीसँग हुने भनिएको मासिक प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नभएको भन्दै बेल घेराउ र नाराबाजी गरेका थिए।
विरोधका बीच पनि सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्दै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सत्ता पक्षको बहुमतले पारित गरेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले विधेयक माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलपछि पुनः विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै बहुमतका आधारमा पारित गरिएको हो।
विपक्षी नाराबाजीमै थिए । नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।
विपक्षी सांसदहरू भने दफावार छलफल र मतदान प्रक्रियामा सहभागी नभई नाराबाजीमा सीमित रहे।
यसअघि सभामुख अर्यालले विपक्षीको अवरोधका बीच पनि बैठक सञ्चालन गरेका थिए। विपक्षी दलहरूको विरोधका बाबजुद विधेयक अघि बढाइएको यो पहिलो घटना भएको बताइएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको यो घटनाक्रमले संसदीय कार्यसम्पादन र विपक्षी–सत्ता पक्षबीचको तनावलाई थप उजागर गरेको छ।
यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह को नाम पनि छलफलको सन्दर्भमा जोडिएको देखिए पनि उनी संसदीय प्रक्रियामा प्रत्यक्ष सहभागी थिएनन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस