प्रतिनिधि सभा

विपक्षीकाे नाराबाजीमै बेल घेराउबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त विधेयक पारित

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोध र बेल घेराउबीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका सांसदहरूले सरकारको कार्यशैली र प्रधानमन्त्रीसँग हुने भनिएको मासिक प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नभएको भन्दै बेल घेराउ र नाराबाजी गरेका थिए।

विरोधका बीच पनि सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्दै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सत्ता पक्षको बहुमतले पारित गरेको हो।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले विधेयक माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलपछि पुनः विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै बहुमतका आधारमा पारित गरिएको हो।

विपक्षी नाराबाजीमै थिए । नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

विपक्षी सांसदहरू भने दफावार छलफल र मतदान प्रक्रियामा सहभागी नभई नाराबाजीमा सीमित रहे।

यसअघि सभामुख अर्यालले विपक्षीको अवरोधका बीच पनि बैठक सञ्चालन गरेका थिए। विपक्षी दलहरूको विरोधका बाबजुद विधेयक अघि बढाइएको यो पहिलो घटना भएको बताइएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको यो घटनाक्रमले संसदीय कार्यसम्पादन र विपक्षी–सत्ता पक्षबीचको तनावलाई थप उजागर गरेको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह को नाम पनि छलफलको सन्दर्भमा जोडिएको देखिए पनि उनी संसदीय प्रक्रियामा प्रत्यक्ष सहभागी थिएनन्।

गाउँ सहर संवाददाता

तपाईँको मत