देउवा समूहको रिट दर्ता तर सुनुवाइ आज नहुने, शेखर पक्ष सर्वोच्चमा अनुपस्थित !
- गाउँ सहर संवाददाता
- ४ माघ आइतबार, २०८२ | १२:५१:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । यो रिटको पेस आजैका निम्ति तोक्न देउवा समूहका कानुन व्यवसायीले आग्रह गरेका थिए । तर, सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको कानुन व्यवसायीले जानकारी दिए ।
सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ । भोलि (माघ ५) सार्वजनिक बिदा छ । आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च गएको हो ।
रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा दायर रिटमा मुख्यतः तीन माग गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ । विशेष महाधिवेशन अवैध भएको देउवा समूहको जिकिर छ ।
यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तामा रोक लगाउन माग गरिएको छ । निर्वाचनका निम्ति माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यतालिका छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले पठाएका व्यक्तिहरूको मनोनयनपत्र दर्ता नगर्न रिटमा माग गरिएको हो ।
मनोनयनपत्र दर्ता गरिसकेको अवस्था भए त्यसलाई यथास्थितिमा राख्न पनि रिटमा माग गरिएको छ । रिटको पेसी माघ ६ गतेका निम्ति तोकिएको र सोही दिन मनोनयनपत्र दर्ता गरिने भएकाले यस्तो माग गरिएको हो ।
शेखर पक्ष सर्वोच्चमा अनुपस्थित !
रिट पेस गर्न कांग्रेसको संस्थापन पक्षका नेता सर्वोच्च पुगे पनि डा. शेखर कोइराला पक्षका कुनै नेता देखिएका छैनन् ।
देउवा पक्षका एक केन्द्रीय सदस्यका अनुसार रिटमा नेता कोइराला पक्षका सबैले हस्ताक्षर गरेका छन् । तर, अदालतमा भने उपस्थित नदेखिएको ती केन्द्रीय सदस्यको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस