अक्षरहरुको मूर्च्छनामाथि पाठकीय प्रतिक्रिया
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | १५:३४:०० मा प्रकाशित
पाेखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा सञ्चालक समिति सदस्य लक्ष्मण थापाको कविता संग्रह अक्षरहरुको मूर्च्छनामाथि संस्थाकै संस्थापक सदस्य डा ईश्वरमणि अधिकारीले पाठकीय प्रतिक्रिया व्यक्त गरेका थिए ।
थापाको कृतिमाथि डा. अधिकारीले जीजिविषाको इन्द्रेणी शीर्षकमा पाठकीय प्रतिक्रिया व्यक्त गरेका हुन् । उनले थापाको कृतिलाई इन्द्रेणीसँग तुलना गर्दै भनेका छन्ः थापाका मनको मूर्च्छना, पला पला, पार्खाल बाहिर, अक्षरको मूर्च्छना गरी चारवटा कृति प्रकाशित छन् । थापा प्रजातान्त्रिक विचारका अध्येता, साहित्यिक नेतृत्वकर्ता, सरल, सहज र गहन विचारका धनी र साहित्यका पूजारी रहेको बताएका छन् । कवि थापालाई साक्षी राखी कविताको बारेमा बाह्रवटा प्रश्न सोधेर समीक्षा आरम्भ गरेका अधिकारीले कविता सुन्दर हुनुपर्छ कि शक्तिशाली ? भनेर जोड दिएका थिए ।
कवितालाई समीक्षा गरेर भन्दा कवितालाई प्रेम गरेर न्याय गर्न सकिने अधिकारीको धारणा रहेको थियो । अक्षरहरुको मूर्च्छना कविता संग्रहका चालिसवटा कवितामा प्रकृतिको, पोस्टरको र कछुवाको मनवीकरण गरिएको उनको विचार छ । सामयिक वा समयगत मूर्च्छना कविता संग्रहमा बढी मात्रामा सम्बोधित छ । भूगोल र संस्कृतिमाथिको काव्यात्मक र जिम्मेबारपूर्ण अभिव्यक्ति थापाका कवितामा पाइन्छ । सुरक्षा थ्रेट, बिमार सडक, मृत्युको गीत, कोरोना ब्लुज र समयपीडा जस्ता कविताले समयको प्रवाहलाई राम्ररी समातेको अधिकारीको धारण रहेको छ । सोही क्रममा कवि थापाको कृतिप्रति लक्षित गर्दै अधिकारीले भाषामा रहेको खस्रोपन हटाउन, अनावश्यक आख्यान मोहमा नफस्न एवं भाषागत र सम्पादकीय त्रुटी सच्यायनतर्फ ध्यान दिन सुझाव दिएका थिए ।
थापाको कृतिमाथिको समीक्षा सकिएपछि विविध प्रकृतिका रचना वाचनले पनि ठाउँ पाएका थिए । सोही क्रममा सुरज पौडेल, डा. भूमीराज बस्ताकोटी, डा. जन्नाथ रेग्मी, डा ईश्वरमणि अधिकारी, डा. भोलानारायण रेग्मी, गणेश चालिसे, हिममाया पौडेल लगायतले रचना वाचन गरेकी थिइन् भने टंकराज बरालले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
संस्थाका उपाध्यक्ष सुलोचना खनालको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको समापन अध्यक्ष योगराज पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस