नेपाली सेनाद्वारा घोडेजात्राका अवसरमा विभिन्न कला प्रदर्शन
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | २०:४३:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली सेनाले घोडेजात्राका अवसरमा विभिन्न कला प्रदर्शन गरेको छ । राष्ट्रपति एवं सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरूसहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ भएको हाे ।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्पका साथै सैनिक डगहरुको कला प्रदर्शन गरिएका छन् ।
समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले सो–जम्पमा प्रथम र द्वितीय हुने अमलदार पर्शुराम बुढामगर र सिपाही अरुण थापा तथा टेन्ट पेगिङ्गमा प्रथम र द्वितीय हुने जमदार शेषराज खड्का र सिपाही लक्ष्मण रावललाई पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित थिए । मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैरसैनिक महानुभावहरू, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस