नेपाली सेनाद्वारा घोडेजात्राका अवसरमा विभिन्न कला प्रदर्शन
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | २०:४३:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली सेनाले घोडेजात्राका अवसरमा विभिन्न कला प्रदर्शन गरेको छ । राष्ट्रपति एवं सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरूसहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ भएको हाे ।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्पका साथै सैनिक डगहरुको कला प्रदर्शन गरिएका छन् ।
समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले सो–जम्पमा प्रथम र द्वितीय हुने अमलदार पर्शुराम बुढामगर र सिपाही अरुण थापा तथा टेन्ट पेगिङ्गमा प्रथम र द्वितीय हुने जमदार शेषराज खड्का र सिपाही लक्ष्मण रावललाई पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित थिए । मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैरसैनिक महानुभावहरू, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रतिमा साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस