‘क्लिन चिट’ र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’
- गाउँ सहर संवाददाता
- ३ कार्तिक शनिबार, २०८१ | १२:५७:०० मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि ‘क्लिन चिट’ र सफाइ चलचित्र फ्लप भएको भन्दै व्यङ्ग्य गरेका छन् ।
सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो ।
तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए ।
त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रबार रवि पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यसको प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्, ‘क्लिन चिट’ र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न आह्वान गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस