‘क्लिन चिट’ र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’
- गाउँ सहर संवाददाता
- ३ कार्तिक शनिबार, २०८१ | १२:५७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि ‘क्लिन चिट’ र सफाइ चलचित्र फ्लप भएको भन्दै व्यङ्ग्य गरेका छन् ।
सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो ।
तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए ।
त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रबार रवि पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यसको प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्, ‘क्लिन चिट’ र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ– प्रतिशोध !’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न आह्वान गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस