‘विद्यालयमा एउटै किताब, एउटै ड्रेस’ : पाठकले उठाए शिक्षामा समानताको नयाँ बहस
- गाउँ सहर संवाददाता
- २५ चैत बुधबार, २०८२ | १७:२०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले देशको शिक्षा प्रणालीमा देखिएको असमानता अन्त्य गर्न सबै विद्यालयमा एउटै पाठ्यपुस्तक र एउटै प्रकारको ड्रेस लागू गर्नुपर्नेमा जोड दिएका छन्। बुधबारकाे प्रतिनिधिसभाको बैठकमा उनले यस्तो प्रस्ताव राख्दै शिक्षा क्षेत्रमा समानताको आधार निर्माण गर्न अब ढिला गर्न नहुने बताए।
उनका अनुसार हाल निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु हुनेबित्तिकै भर्ना शुल्क, नयाँ पाठ्यपुस्तक र पोशाकका नाममा अभिभावकहरूबाट ठूलो रकम असुल्ने गरेका छन्।
देशभरका करिब २४ लाख विद्यार्थीका अभिभावकले औसत ५ हजार रुपैयाँका दरले छोटो समयमै अर्बौं रुपैयाँ खर्च गर्न बाध्य हुने अवस्था रहेको उनले उल्लेख गरे। यसले शिक्षा क्षेत्रमा आर्थिक विभेदलाई झन् गहिरो बनाएको उनको भनाइ छ।
सांसद पाठकले पाठ्यपुस्तकको एकरूपता नहुँदा अभिभावकहरू अनावश्यक रूपमा आर्थिक भार खेप्नुपरेको बताए। निजी विद्यालयहरूमा वर्षैपिच्छे पाठ्यक्रम परिवर्तन गरिने प्रवृत्तिले विद्यार्थी र अभिभावक दुवैलाई असहज बनाएको छ। उनले यसलाई कमिसनमुखी अभ्यासको परिणामका रूपमा चित्रण गर्दै यस्ता प्रवृत्तिमा नियन्त्रण आवश्यक रहेको बताए।
उनले विशेष रूपमा सबै विद्यालयमा एउटै मापदण्डका पाठ्यपुस्तक लागू गर्नुपर्नेमा जोड दिए। यसले न केवल अभिभावकको आर्थिक भार घटाउनेछ, तर विद्यार्थीहरूबीच समान शैक्षिक आधार पनि निर्माण गर्ने उनको तर्क छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि पनि एकरूप पाठ्यक्रम आवश्यक रहेको उनले बताए।
त्यसैगरी, विद्यालयबीच देखिने पोशाक (ड्रेस) को भिन्नताले सामाजिक र मनोवैज्ञानिक रूपमा विभेद सिर्जना गरेको उल्लेख गर्दै उनले सबै विद्यालयमा एउटै प्रकारको ड्रेस लागू गर्नुपर्ने बताए। एउटै पोशाकले विद्यार्थीहरूबीच समानताको अनुभूति गराउने र धनी–गरिबको भिन्नता घटाउने उनको विश्वास छ।
सांसद पाठकका अनुसार शिक्षा सेवा हो, व्यापार होइन। त्यसैले राज्यले शिक्षा क्षेत्रमा स्पष्ट नीति, कडा अनुगमन र समान मापदण्ड लागू गरी सबै विद्यार्थीलाई समान अवसर उपलब्ध गराउनुपर्छ। उनले पाठ्यपुस्तक र ड्रेसको एकरूपता नै शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्ने महत्वपूर्ण कदम हुने बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस