काेभिडले अर्थतन्त्रमा पारेकाे प्रभाव, दाेस्राे पुनरावृत्ति प्रतिवेदन सार्वजनिक
[२०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेनन्]
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | १६:२०:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले काेभिडले अर्थतन्त्रमा पारेकाे प्रभाव, दाेस्राे पुनरावृत्ति प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
सार्वजनिक प्रतिवेदनमा कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको बताइएकाे छ । सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरुमात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी, बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ बैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको उसले बताएकाे छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ ।
यो दोस्रो पुनरावृति सर्वेक्षण गरिसक्दा कोभिड—१९ को दोस्रो लहरले गर्दा अधिकांश जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएको भन्दै यसले गर्दा अर्थतन्त्र पुनः प्रभावित हुन पुग्ने देखिएको नेराबैंकले बताएकाे छ ।
सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको बताइएकाे छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिएकाे उसले बताएकाे छ । यद्यपि अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेको देखिँदैन - उसले भनेकाे छ ।
नेराबैंककानुसार हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ । कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ ।
पूर्ण प्रतिवेदनः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
प्रतिकृया दिनुहोस