काेभिडले अर्थतन्त्रमा पारेकाे प्रभाव, दाेस्राे पुनरावृत्ति प्रतिवेदन सार्वजनिक
[२०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेनन्]
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | १६:२०:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले काेभिडले अर्थतन्त्रमा पारेकाे प्रभाव, दाेस्राे पुनरावृत्ति प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
सार्वजनिक प्रतिवेदनमा कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको बताइएकाे छ । सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरुमात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी, बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ बैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको उसले बताएकाे छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ ।
यो दोस्रो पुनरावृति सर्वेक्षण गरिसक्दा कोभिड—१९ को दोस्रो लहरले गर्दा अधिकांश जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएको भन्दै यसले गर्दा अर्थतन्त्र पुनः प्रभावित हुन पुग्ने देखिएको नेराबैंकले बताएकाे छ ।
सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको बताइएकाे छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिएकाे उसले बताएकाे छ । यद्यपि अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेको देखिँदैन - उसले भनेकाे छ ।
नेराबैंककानुसार हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ । कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ ।
पूर्ण प्रतिवेदनः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस