जाँचबुझ आयोगले बुझायो जेनजी प्रदर्शनबारे छानबिन प्रतिवेदन, २ सयभन्दा धेरैलाई सोधपुछ र बयान
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण आइतबार, २०८२ | १२:४८:०० मा प्रकाशित
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।
आफूले भदौ २३ र २४ गतेको घटनाको निचोडसहित प्रतिवेदन बुझाएको छानबिन समितिका सदस्य विज्ञानराज शर्माले बताए। उनले गल्ती गर्नेहरूलाई अभियोग प्रतिवेदनमा उल्लेख भएको बताए।
उनले भने, ‘हामीले सरकारलाई बुझाइसकेका छौँ। त्यो सरकारको सम्पत्ति भइसक्यो। अब के गर्नुपर्ने हो सरकारले गर्छ। हामीले केहीलाई कारबाही सिफारिस गरेका छौँ। कति र कसलाई भन्न मैले मिल्दैन।’
उनले प्रतिवेदन करिब ८ देखि १० हजार पेजको रहेको बताए।
तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि फौजदारी अभियोगबारे उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ। त्यसमा कुनै दुई मत छैन।’
आफूहरूले २ सयभन्दा धेरैलाई सोधपुछ र बयान लिएको उनले जानकारी दिए ।
जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस