यस्ताे छ आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन
- गाउँ सहर संवाददाता
- २३ असार मंगलबार, २०८३ | १२:१२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनले विश्व राजनीतिमा देखिएका तनाव र अनिश्चितताका बाबजुद नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको देखाएको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित भई नियन्त्रणमै रहेको र विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी बलियो अवस्थामा रहेको उल्लेख छ।
यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले अर्थतन्त्रलाई थप चलायमान बनाउन घर कर्जाको सीमा ३ करोड रुपैयाँ पुर्याएको, व्यक्तिगत ओभरड्राफ्टको सीमा १ करोड कायम गरेको र सेयर धितो कर्जाको एकल ग्राहक सीमा २५ करोड पुर्याउने जस्ता लचिलो नीतिगत व्यवस्था गरेको प्रतिवेदनमा उल्लेख छ।
आन्तरिक मागमा अपेक्षित सुधार नहुँदा कर्जा प्रवाहमा केही दबाब देखिए तापनि मौद्रिक नीतिको लचिलो कार्यदिशाले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस