शिक्षा

व्यवस्थापनकाे कमजाेरीले गुन्सीकाे पञ्चकन्या विद्यालयमा न भाैतिक संरचना, न गुणस्तरीय शिक्षा

सुनापति, रामेछाप । विद्यालय व्यवस्थापनमा अध्यक्षकाे एकलाैटी निर्णय र हस्तक्षेपकारी भूमिका कारणले सुनापति गाउँपालिका वडा नं.- १, गुन्सि भदाैरेस्थित पञ्चकन्या आधारभूत विद्यालयकाे भाैतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेकाे छ । 

विद्यालय व्यवस्थापन समितिमा कर्णबहादुर बम्जन अध्यक्ष भएदेखि विद्यालयकाे शैक्षिक तथा भाैतिक अवस्था झन कमजाेर हुँदै गएकाे स्थानीयले आराेप लगाएका छन् । 

लामाे समयदेखि अनेक प्रपञ्च रचेर अध्यक्ष बम्जनले आफ्नै भाइलाई जागिर खुवाएकाे पनि उनीहरूकाे आराेप छ ।  

व्यवस्थापन समितिका सदस्य विक्रम माझीका अनुसार अध्यक्षकाे ध्यान शैक्षिक गुणस्तर र भाैतिक संरचना कसरी निर्माण र व्यवस्थापन गर्ने भन्दा पनि विद्यालयकाे खाता सञ्चालनमा बढी चासाे दिएकाे बताए ।

आराेप छ - "म अघिल्लाे व्यवस्थापन समितिमा सदस्य थिएँ र अहिले पनि छु । व्यवसथापन समितिकाे मिटिङ सार्वजनिक रूपमा नबस्ने, भित्री रूपमा कागजपत्र तयार गर्ने र हस्ताक्षर गर्ने, कतिपय सदस्यहरूलाई कुनै खबरै हुन्न । अध्यक्षले विद्यालयकाे लेडरप्याड र स्ट्याम्प खल्तिमा बाेकेर हिड्ने अनि केही व्यक्ति बसेर आफू अनुकूल निर्णय गर्दै अन्य सदस्यहरूका घरमै गएर हस्ताक्षर गर्न लगाउने गरेका छन् हामीले त्यसकाे विराेध गर्दा अहिले हामीलाई बैठककाे सूचना नै दिँदैनन् ।"

"भाइलाई विद्यालयमा नियुक्त गरेपछि त झन् अहिले प्रधानाध्यापकलाई नै बाइपास गरेर खाता सञ्चालनकाे तयारी गर्ने प्रपञ्च हुँदैछ । याे गैरजिम्मेवारी र कानुन सम्मत हाेइन । हामी माझीकै केटाकेटीहरू त्यहाँ बढि छन् र हामीलाई हाम्रा छाेराेछाेरी र विद्यालयकाे भविष्यप्रति चिन्ता छ तर उनीहरूले आफ्ना मान्छेलाई जागिरकाे खुवाउनेकाे मात्र हुन् । हेड सरलाई पनि व्यवस्थापन समितिकाे निर्णय लागू गर्न बाध्य बनाइदै आएकाे छ । यसमा हाम्राे सहमति छैन्" माझीकाे थप आराेप छ ।

विक्रम सम्वत् २०३१ सालमा स्थापना भएकाे पहिलाे प्राथिमक विद्यालय हाे । यस विद्यालयले कैयाैँ दक्ष जनशक्ति इन्जिनियर, निजामती कर्मचारी, शिक्षक उत्पादन गर्ने आधार बनाइदिएकाे माझीकाे भनाइ छ । तर केही वर्षदेखि यस विद्यालयले राम्राे व्यवस्थापन नपाएकाेले विद्यालयकाे भाैतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेकाे उनले बताए । 

विद्यालय प्रधानाध्यप्क श्यामप्रसाद गाैतमसमेत व्यवस्थापन समितिका अध्यक्षकाे लहैलहैमा लागिरहेकाे माझीकाे भनाइ छ । प्रधानाध्यापकसमेतकाे असक्षमता र अपरिपक्व, अदुरदर्शीता, अभिभावकसँग समन्वय, सहकार्य नगर्न र  विद्यालय व्यवस्थापनका अध्यक्षकाे आफ्नै तरिकाले निर्णय गर्ने समितिका सदस्यहरूसँग छलफल नगर्ने, घर घरमा गइ कीर्ते सहीछाप गराउने आफ्नाे स्वार्थ पूरा गर्ने समिति भएकाेले विद्यालयकाे अवस्था खस्कदै गएकाे उनले बताए ।

उनले भने, "व्यवस्थापन समितिका कारण विद्यालयकाे पढाइ मात्र हाेइन बालबालिकाहरूकाे भविष्यमाथि पनि खेलवाड भइरहेकाे छ । शिक्षकलाई मानसिक तनाव दिने, समयमा तलबसमेत उपलब्ध नगराउँद पढाइमा गुणस्तरीयता के हाेला ? यस्ताे अवस्थामा विद्यालयका शैक्षिक सुधार कसरी हाेला ? २०७२ सालकाे भूकम्पले चर्काएकाे भवनमा नै पठनपाठन भइरहेकाे छ । देशभर नयाँभवन बनेपनि यस विद्यालयकाे नयाँ भवन त के मर्मत हुन सकिरहेकाे छैन । जसका लागि पालिका र वडा र शिक्षा हेर्ने निकायसमेत नतमस्तक रहेका छन् । तसर्थ यहाँका सीमान्तकृत र दलित समुदाय नयाँ पक्की भवन निर्माण गरिदिनकाे लागि स्थानीय सरकार, प्रदेश सरकार तथा शैक्षिक संघसंस्थाकाे ध्यान पुगाेस्" माझीले भने ।  

याे पनि,

सुनापति- १ काे पञ्चकन्या प्राविकाे व्यवस्थापन समितिमा किचलाे, खाली काेटामा दर्खास्त नदिन धम्काइएकाे आराेप

गाउँ सहर संवाददाता

तपाईँको मत